Thursday, August 22, 2019

बिक्रीमा


दीपा एवाई (19 March 2019)

आउनु होस !
यो विज्ञापन मेरै हो 
यो छोरी बिक्रीमा छ 
अर्थात
म बिक्रीमा छु 

जसरी एउटा बुबाले आमासँग सँगै 
छोरी किनेर आफ्नी छोरी त्यागी दिन्छ 
काश: मलाई पनि 
कसैको बुबाले किनी दिएर 
उसैकी छोरी त्यागी दिए कति राम्रो हुने थियो 

मलाई त्यो आनन्द अनुभव गर्नु छ 
एउटी छोरी जो पैसाले किने पछि 
आफ्नै छोरीलाई फालीन्छ

त्यो छोरी किन्ने हैसियतको 
बुबाको काँधमा चढेर
त्यज्या त्यस छोरीको छटपटी र पीड़ा हेर्नु छ 

आउनु होस 
मलाई किन्नु होस 
म सस्तोमा बिक्री हुन्छु 

मलाई यस बेला सकस भा छ

मानौ ! मेरो कुनै अस्तित्व नभएर जसरी 
यी नागरिकता र स्कुल ,कलेजका सटीफिकेटहरुभरी 
मेरो बुबाको नाम बोकेर हिड्न 

अस्तित्वमै नभएको 
आमाको अर्थ,महत्व र नाममा के र ?

यहाँ मसग मेरो आमा होईन 
म मात्र बिक्रीमा छु

मलाई तुरन्त बुबा फेर्नु छ ।

बिक्रीमा

दीपा एवाई (19 March 2019) आउनु होस ! यो विज्ञापन मेरै हो  यो छोरी बिक्रीमा छ  अर्थात म बिक्रीमा छु  जसरी एउटा बुबाले आमासँ...